आज १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महिला मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस मनाउने थालिएको हो । महिला दिवस फेसन जस्तै भएको छ । यसै सन्दर्भमा प्रधानमन्त्र केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र विभिन्न पार्टीका नेताहरुले नारी दिवसको शुभकामना सन्देश दिएका छन् । सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।
महिला मुक्तिको बारेमा सरकार र सम्बन्धित पक्ष गम्भीर नहुने तर दिवस धुमधामसँग मनाउनुलाई वुद्धिजीविहरुले नाटककोरुपमा लिएका छन् । निर्मला पन्त लगायतका नारीमाथि भएको बलात्कार र हत्याका दोषीलाई कारवाही गर्न नसक्ने तर नारी दिवस भन्दै कार्यक्रम गर्नुको कुनै अर्थ नभएको महिला अधिकारका अभियान्ताहरु बताउँछन् ।
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो सहरमा महिलाहरूले समान अधिकारको माग लिएर महिलाहरूले हड्ताल र विशाल जुलुश प्रदर्शन गरका थिए ।
महिलाको हक र अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई महत्वपूर्ण दिनमा रुपमा मान्ने गरिएको छ । क्लारा जेट्किन सन् १९१० मा कोपेनहेगेनमा महिलाहरूको द्वीतीय अन्तराष्ट्रिय सम्मेलनमा जर्मनीकी माक्र्सवादी नेतृ क्लारा जेट्किनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरूले ८ मार्चलाई अन्तर्रा्ष्ट्रिय महिला श्रमिक दिवसको रूपमा मनाउन थालेका हुन् ।




