बाग्लुङको तमानमा स्थायी घरभई हाल काठमाडौँमा बसोबास गर्ने दलित समुदायका सदस्यहरु संगठीत भएका छन् । तमानखोला दलित मञ्च नामक संस्थामा उनीहरु संगठीत भएका हुन् । संस्थाको अध्यक्षमा सञ्चारकर्मी श्रीपाली
तमानखोला घर भै हाल काठमाण्डौमा बस्दै आएका दलित समुदायलाई मध्यनजर गरी स्थापना गरिएको तमानखोला दलित मञ्च काठमाण्डौंमा आज एक कार्यक्रम गरी संस्था घोषणा गरिएको छ ।
साविकका तीन गाबिस बोगांदोभान, तमान र खुंखानीका दलितहरुको उपस्थिति रहेको उक्त कार्यक्रमले आफ्नो लक्ष्य समुदाय शिक्षित, चेतनशील बनाई पारस्परिक सम्बन्ध स्थापना गर्ने रहेको बताइएको छ । समितिमा निम्नानुसारका पदाधिकारी र सदस्य रहेका छन । अध्यक्ष,जसिन्द्र श्रीपाली,उपाअध्यक्ष, मनकुमारी रसाईली, सचिव लवन श्रीवाली,सह सचिव, लक्ष्मण रसाईली,कोषाअध्यक्ष ः सरिता श्रीपाली,सह कोषाध्यक्ष, कुमारी सुन्चौरी त्यसैगरी सल्लाहकारमा थमकुमारी श्रीपाली,ईन्द्रमान श्रीपाली,टेकप्रसाद श्रीपाली,श्याम श्रीपाली,नबिन रसाईली र अमर रसाईली रहेका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा नरकुमार गोतामे,जीत श्रीपाली,चन्द्र रसाईली,महेश सुन्चौरी र मिना गोतामे रहेका छन् । कार्यक्रममा नबगठित समितिका सदस्यहरुले आफूहरु समाज र समुदायको हितमा सधै काम गर्न तत्पर रहेको भन्दै खुशी ब्यक्त गरेका छन् ।
नवनिर्वाचित अध्यक्ष श्रीपालीले आफूलाई अध्यक्षमा निर्वाचित भएकोमा खुशी भन्दा बढि ठूलो जिम्मेवारी थपिएको महसुस भएको र आफ्नो समुदायप्रति आफू अझै चिन्तित रहेकोे धारणा राखे । साथै कार्यक्रममा जमुना हर्मेलले कार्यक्रममा साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेकी थिइन् ।




