रवि लामिछाने जनतालाई उपचार दिको लागि देशकै दुर्गम कर्णालीको कालिकोटमा सञ्चारकर्मी रबि लामिछाने फाउन्डेसनले अस्पताल निर्माण गर्दैछ ।
रास्कोट सामुदायिक अस्पताल नाम दिइएको सो अस्पतालको काम तिब्र रुपमा चलिरहेको छ । रबि लामिछानेले रास्कोटबाट अस्पताल बनाउँदै गरेको अवस्थाको लाइभ गरेर सबैलाई जानकारी दिएका छन् ।
कालिकोटको दुर्गममा सर्वसाधारण जनता विरामी पर्दा औषधी समेत खान नपाएर मर्न परेको समस्यालाई मध्यनजर गर्दै रबि लामिछानेले आफ्नो फाउन्डेसन मार्फत यो अस्पताल निर्माण गर्ने घोषणा गरेका थिए । जसका लागि देश तथा विदेश बाट अस्पतालका लागि लाखौंको सहयोग आएको थियो ।
सामाजिक काममा समेत रबि लामिछानेले आफ्नो योगदान दिँदै आएका छन् । आफ्नो कार्यक्रम सिधाकुरा जनता मार्फत नेपाली जनताका लागि आवाज उठाउँदै आएका रविले आवाज नहुनेहरुका लागि आवाज बनेका छन् भने देशमा व्याप्त भ्रष्टाचार र घुसखोरी बिरुद्ध लड्दै आएका छन् ।
यसैक्रममा समाजलाई योगदान दिनुपर्ने अभिप्राय अन्तर्गत उनले आफुले कालिकोटमा देखेको दर्दनाक अवस्थापछि त्यहाँ अस्पताल निर्माण गर्ने बताएका थिए । १५ सैयाको रहने उक्त अस्पताल स्मार्ट अस्पताल हुनेछ । यस अस्पतालका लागि तिब्र रुपमा काम भैरहेको छ जसको जानकारी रबि लामिछानेले भिडियो मार्फत दिएका छन् ।




