चितवन । छोरीलाई बलात्कार गरेको आरोप लागेका एकजनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पूर्वी चितवन खैरहनीकी एक युवतीले आफू बुवाबाटै पटक–पटक बलात्कृत भएको भन्दै सोमबार प्रहरीमा उजुरी दिएकी थिइन् ।
उजुरीपछि उनका बुवा फरार थिए ।
बुधबार राति आरोपितलाई नुवाकोटबाट पक्राउ गरेर चितवन ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी दुर्गाराज रेग्मीले बताए ।
उनलाई नुवाकोटको बेलकोट–७ मा बुधबार बिहान ११ बजे समातेको डिएपी रेग्मीले बताए । ‘प्रहरीमा २५ गते उजुरी परेको हो । जसमा २१ गते आफूलाई दुब्र्यवहार गरेको निवेदकले उल्लेख गरेकी छन् ।
त्योभन्दा अघि पनि त्यस्ता घटनाहरु हुने गरेको उनको भानइ छ’ डिएसपी रेग्मीले भने । छोरीको उमेर १६ वर्षको छ । घरमा आमा नभएका बेलामा यस्तो घटना भएको प्रहरीको भानइ छ ।




