बन्दका कारण सुनसान पूर्वी नेपाल

संकल्पन्यूज डेस्क

इलामः विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण ईलामको जनजीवन पूर्णरुपमा प्रभावित बनेको छ ।

बन्दका कारण साना तथा ठूला चारपाङग्रे सवारीसाधन चल्न सकेका छैनन भने शैक्षिक सत्रको सुरुवातमै रहेको विद्यालयहरु समेत खुलेका छैनन । बन्दका कारण इलाम सदरमुकाम सहित सबै ठाउँमा मानिसको चहलपहल शून्य छ ।

पूर्वका अन्य जिलामा पनि बन्दको प्रभाव परको जनाइएको छ । नेपाल कम्युनिस्ट पार्टीले आफू माथि ओली सरकारले लगाएको प्रतिवन्धको प्रतिवाद, नेता तथा कार्यकर्ता पक्राउ गरेको बिरोध तथा झुठा मुद्दाहरु खारेजीको माग गर्दै बन्दको कार्यक्रम राखेको जनाएको छ ।

त्यसैगरी भोली देखि वर्तमान सरकारका प्रधानमन्त्री सरिक हुने प्रत्येक ठाउँमा आफूहरुको बन्द कार्यक्रम रहने इलाम जिल्ला इन्चार्ज सर्वश्रेष्ठले जानकारी दिएका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई दमनको बाटो नभई वार्ता र सहमतिबाट शान्तिपूर्ण राजनीति गर्ने वातावरण सरकारले बताउनु पर्नेमा राजनीतिक विश्लेषक र विभिन्न पेशा तथा व्यावसायी तथा नागरिक अगुवाहरुले जोड दिएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार