ख्याल गर्नुस्, धेरै कामको तनावले मुटु रोग लाग्नसक्छ

संकल्प न्यूज

मान्छेको जीवनमा गरिने तनावपूर्ण कार्यले उसको शरीरमा ठूलो असर पारिरहेको एक नयाँ अध्ययनले देखाएको छ । विशेष गरी कामको तनावले सुत्न नसक्दा मुटुसम्बन्धी रोगको जोखिम बढाउने गरेको बताइएको छ ।

१८ देखि माथि उमेर समूहका मानिस जसमा उच्च रक्तचाप छ र जो कामको तनावले सुत्न सक्दैनन् तिनीहरुमा आफ्नो कामको तनाव व्यवस्थापन गर्न सक्नेभन्दा तीन गुणाले बढी मुटु रोगको संक्रमण हुुने अध्ययनले बताएको छ ।

“सुताइले शक्ति सञ्चय गर्छ । यदि तपाईंलाई कामको तनाव छ भने सुत्नुस् । सुताइले कामको तनाव कम गराउँछ,” अध्ययनकर्ता कार्ल हेइन्जले पत्रकार सम्मेलन गरेर भनेका छन् । एजेन्सी

यसमा तपाइको मत

अन्य समाचार