पाल्न गाह्रो भएर छारीलाई बाँसघारीमा फालेँ

पत्रपत्रिकाबाट

पोखरा । छोरी जन्माएर बाँसघारीमा फाल्ने एउटी आमा पक्राउ परेकी छिन् । उदयपुर जिल्ला स्थायी घर भई हाल पोखरा बस्दै आएकी रञ्जु भनिने सीमा मगर शिशुलाई जन्मदिएर बाँसघारीमा लगेर छाडेको स्विकार गरेपछि उनी पक्राउ परेकी हुन् ।

पोखरा महानगरपालिका १६ बाटुलेचौर नजिकैको बाँसघारीमा नवजात शिशु फेला परेको हो । बाटुलेचौर स्थानीय समुदायको सक्रिएतामा शिशुलाई जन्म दिएर बाँसघारीमा छोड्ने आमालाई पत्ता लगाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सिमाले भनिन्, विवाह पश्चात गर्भ रह्यो तर श्रीमानसँग सम्बन्ध बिग्रिन पुग्दा आफूले जन्माएको बच्चालाई पालन पोषाण गर्न नसक्ने भएपछि अरु कसैले पालोस् भनेर बाँसघारीमा छाडेँ । अहिले शिशुलाई उपचारका लागि गण्डकी अस्पतालमा राखिएको र ती महिला प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार