आफ्नै आमाद्धारा २ महिने नाबालकको हत्या

पत्रपत्रिकाबाट

गुल्मी जिल्लाको गुल्मीदरवार गाउँपालिका ४ मा २ महिने नाबालकको हत्या भएको छ । ३६वर्षीया आमा जमुना विकले दुई महिनाकी छोरालाई चिर्पटले हानेर हत्या गरेकी हुन् ।

विकले दुई महिनाकी छोरी बिस्नु बिकलाई बिहिबार साँझ करिव ७ बजे हत्या गरेको वडाध्यक्ष खुम बहादुर पल्लीले बताए । स्थानीयका अनुसार विकले पटक–पटक छोरीको हत्या प्रयास गरेपनि स्थानीयले जोगाउँदै आएको पल्लीले बताए ।

विकले छोरीलाई दाउराले कन्चटमा हानेर हत्या गरेकी थिइन् । उनलाई गिरफ्तार गरि हिरासतमा राखिएको प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको एसपी बस्नेतको भनाई छ ।

नाबालकको शव पोेष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ । के कारणले  हत्या गरिएको हो भन्ने खुलेको छैन ।

यसमा तपाइको मत

अन्य समाचार