आइफा अवार्ड अब नेपालमा हुँदैनः सिइओ जोशी, नेपाल पर्यटन बोर्ड

पत्रपत्रिकाबाट

एक हप्तादेखि आइफा एवार्डले तातेको नेपाल अब बिस्तारै सेलाउँदै गएको छ । सरकार आफै आयोजक बसेर आइफा एवार्ड गर्न लागेको बिषयले निम्त्याएको थियो । तर अब नेपालमा आइफा एवार्ड नहुने निश्चित भएको छ । यसै सन्दर्भमा आयोजक पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीसँग छोटो कुराकानीको सम्पादित अंश ।

आइफा एवार्ड नेपालमा हुँदा १ सय बढि ठुला सेलिबे्रटी नेपालमा आउने र फाइदा हुने सोच थियो । तर, धेरै कुरामा कन्फ्युजन मात्रै भयो । सम्भवतः नेपालमा आइफा एवार्ड अब हुन्न । विवाद बढेसँगै नहुने सम्भावना बढेको हो । अहिले कसरी आइफा आयोजना गर्ने तर्फ होइन कसरी रोक्न सकिन्छ भन्ने तर्फ छलफल गरिरहेका छौं ।

खासमा विवादमा आउनुपर्ने विषय थिएन । आइफाको लागि उताबाट आएको पहिलो प्रस्ताव थियो । प्राइभेट कम्पनीले जुन कुरा पठाएको थियो, त्यसमा हामिले हुन्छ भनेका थिएनौं । खासमा जुन १ खर्ब रुपैयाँको कुरा छ त्यो उताबाट आएको प्रस्ताव मात्रै थियो । हामिले उक्त प्रस्ताव स्विकार गरेका होइनौं ।

पहिलो ड्राफ्टमा छलफल गरिरहेका थियौं । तर छलफल अगाडि बढाएका थिएनौं । आइफा एवार्ड नेपालमा गर्न सकियो भने नेपालको पर्यटनमा केहि थोरै भएपनि सहयोग होला कि भन्ने सोच अनुसार हामिले गृहकार्य अगाडि बढाएका मात्रै थियौं । उनिहरुले दिएको प्रस्तावमा हामिले निर्णय गरेका थिएनौं ।

राष्ट्रिय हित प्रतिकूल रहेको भन्दै प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले एवार्ड समारोह रोक्न निर्देशन निर्देशन दिएपछि हामिले यो गर्न मिल्दैन । अहिले प्राथमिकता अरु कुराहरु छन् । यो प्राथमिकतामा पर्दैन भन्ने किसिमको पनि कुरा उठिरहेको छ । सर्वसाधारणबाटै यस्ता किसिमको माग आएपछि रोक्नु नै उत्तम हुन्छ भन्ने सोच बनाएका हौं ।

यसमा तपाइको मत

अन्य समाचार