निहुरिएर मोबाइल खेलाउनु हुन्छ ? यस्ता रोग लाग्न सक्छन्

अहिले स्मार्टफोनको कारण मानिसहरुले लामो समयसम्म मोबाइलमा झुण्डिने गर्दा उनीहरुको घाँटी र ढाडमा समस्या देखिन थालेको छन्

संकल्पन्यूज

स्मार्ट फोन बोक्दैमा मान्छे पनि स्मार्ट देखिने भ्रम र यसको उचित प्रयोग गर्न नजान्दा जीवनमा धेरै समस्याहरु आइपरेका हुन्छन । हामीले साना साना कुराका लागि, मनोरञ्जनका लागि, समय कटाउनको लागि, मोबाइलको बढी प्रयोग गर्न थालेका छौं ।

हुँदा हुँदा बाटोमा हिड्ने बेला कि त फोनमा कुरा गरिरहेका हुन्छौं कि गीत सुन्दै नत्र च्याट गरिरहेका हुने गर्छौं ।
यसरी बाटोमा हिड्दा निहुरेर धेरै मोबाइल चलाउने बानीले बाटोमा हिँड्दा छेउ छाउको मान्छे तथा वातावरणमा वास्ता हुँदैन । यसबाट बाटोमा हिँडिरहेको मान्छे वा गाडी नदेखेर एकअर्कासँग ठोकिने खतरा हुन्छ ।

एक्सिडेन्ट हुने खतरा मात्र नभएर हाम्रो घाँटी, गर्धन तथा ढाडमा हानिकारक मात्रामा तौलको सृजना गरेर नकारत्मक असर पुर्याउने देखाएको छ । बैज्ञानिकहरुका अनुसार हामीले निहुरेर मोबाइल चलाउँदा हाम्रो गर्दनमा २७ केजी बराबरको तौल लिएर बस्नु बरावर हुने गर्छ ।

हाम्रो टाउकोको तौल ५ केजी जति भए पनि मोबाइल चलाउँदा निहुरिनुपर्ने भएकोले उक्त २२ केजी थप भार थपेर २७ केजी बन्ने हुन्छ । अहिले स्मार्टफोनको कारण मानिसहरुले लामो समयसम्म मोबाइलमा झुण्डिने गर्दा उनीहरुको घाँटी र ढाडमा समस्या देखिन थालेको छन् । एकछिन फुर्सदको समय पाउँँदा जहाँ भएपनि मानिसहरु आफ्नो मोबाइल निकालेर सुरु हुन थाल्ने गर्छन् ।

हाम्रो घाँटी तथा ढाडमा धेरै भार पर्नाले मासुहरु च्यातिने, हड्डी खिइने समस्याहरु देखा पर्न थाल्छन् । मोबाइलको धेरै प्रयोगले कमजोरी, आँखा पोल्ने, आँखा दुख्ने, टाउको दुःखाई, थायराइडको समस्या, केस झर्ने, निद्रा नलाग्ने, मुटु रोग, मृगौलाको समस्या, उच्च रक्तचाप, तनाब, डिप्रेशन, मोटोपन, मस्तिष्कको ट्युमर, मस्तिष्कको क्यान्सर आदी जस्ता गम्भीर रोग लाग्न सक्दछ ।

विभिन्न अनुसन्धानका अनुसार मोबाइल फोनमा दुई मिनेट मात्र गरेको कुराकानीले पनि हाम्रो मस्तिष्कको रक्तप्रणालीमा अवरोध पुर्याउने देखाइएको छ । हामीले लामो समयसम्म निहुरेर मोबाइल नचलाएर समय समयमा आफ्नो कुमले कान छुने गर्दन र टाउकालाई सहज हुने व्यायाम गर्नु पर्छ ।

सुत्नुअघि मोबाइल चलाउने बानी छ ?

तपाईमा सुत्नुभन्दा अघि मोबाइल हेर्ने बानी पक्कै पनि हुनुपर्छ । नयाँ इमेल केही पो आयो कि ! फेसबुक च्याटमा कसैले केही पो भनिरहेको छ की ! ट्वीटरमा के ट्वीट भइरहेको छ र अन्त्यमा भोली बिहान त उठ्नु नै छ, अलाम सेट त गर्नै पर्याे ! यस्तै–यस्तै कारणले पनि सुत्नुअघि मोबाइल चलाउने गरिन्छ ।

यसरी मोबाइलमा रमाउदै गर्दा रात छिप्पिन सुरु हुन्छ र शरिरलाई चाहिने आवश्यक निन्द्रा पुग्दैन । मनोरोग विशेषज्ञ भन्छन् ‘निन्द्रा नपुगेपछिको पहिलो असर नै दिमाखमा पर्न सुरु हुन्छ ।’सुत्नुअघि मोबाइलबाट इमेल र इन्टरनेट हेर्दैगर्दा स्क्रिनले दिने चमकले आँखालाई चनाखो बनाइ राख्दछ । आँखाले आनन्द लिन थालेपछि मानिस रोमाञ्चित हुदै जान थाल्दछ, त्यतिन्जेलसम्म दिमागपनि चनाखो नै भइ बस्नुपर्ने हुन्छ ।

सुत्नु भनेकै निरन्तर काम गर्दै आएका शरिरका कोशिकालाई आराम गर्न दिनु पनि हो । शरिरका कोशिकालाई आराम गर्न दिइएन भने टक्सिन अर्थात एक प्रकारको बिष उत्पादन हुन सुरु हुन्छ र त्यसको प्रतक्ष असर दिमाखमा देखापर्दछ ।
साधारणतया ७ देखी ९ घण्टा सुत्नको लागि समय चाहिन्छ ।

त्यो भन्दा कम सुत्ने मानिसमा ध्यान केन्द्रित गर्न नसक्ने, सम्झन सक्ने क्षमतामा ह्रास हुने, हेर्दा स्वस्थ्य नदेखिने (नेपाली उखानमा नुन खाएको कुखुरा जस्तो ) समस्याहरु देखापर्दछ । राती १० बजे सुत्दै हुनुहुन्छ भने ९ बजे नै मोबाइल फोन प्रयोग गर्ने छाडिदिनुपर्दछ । एक घण्टापछि सुत्नको लागि तयार हुँदैगर्दा दिमागले आरामको लागि तयार हुन थाल्दछ र दिमागलाई डिजिटल डोमेनले प्रभावमा राख्न पाउँदैन ।

बिजनेश इन्साइडले तयार पारेको यो भिडियोमा मनोरोग विज्ञानका प्रोफेसर डा.डानियल सिगलले यसै भनेका छन् ।
मोवाइलमा लामो गफ गर्नुहुन्छ ? प्रविधिको विकास र सहज पहुँचले संसारलाई नै नजिक बनाएको छ । विकसित धेरै प्रविधिमध्ये मोबाइल हाम्रो जीवनको अभिन्न अंग बनेको छ । अडियो, भिडियो तथा समाचार प्राप्त गर्ने पहिलो माध्यम नै मोबाइल हुँदा यसको प्रयोग झन् बढेको छ ।

फेसबुक, स्काइप, ट्विटरजस्ता सामाजिक सञ्जालले यसको महत्व बढाएको छ । नेपालजस्तो लोडसेडिङको मारमा परेको देशलाई त ल्यापटप, कम्प्युटरभन्दा पनि मोबाइल उपयुक्त भएको छ । तर, मोबाइल धेरै प्रयोग गर्दा र्पुयाउने असरका बारेमा भने धेरैले त्यति ख्याल गरेको पाइँदैन । यससम्बन्धी सयौँ अनुसन्धान पनि भइरहेका छन् ।

मोबाइलले स्वास्थ्यमा पार्ने असर चुम्बकीय प्रदूषण

विज्ञानको भाषामा पृथ्वीको हरेक क्षेत्र जस्तै हाम्रो शरीरमा पनि चुम्बकीय विद्युत क्षेत्र हुन्छ, जसलाई मापन गर्न पनि सकिन्छ । त्यसैले प्रकृतिसँग एकाकार भएर बसेका बेला हाम्रो शरीरमा ऊर्जा भरिएको महसुस गर्छौं । प्रविधिको आविष्कारले मानव जीवन सहज बनाए पनि त्यसको प्रदूषणले निम्त्याउने असरबारे हामी चनाखो भएका छैनौँ ।

यो अत्यन्त सूक्ष्म हुने भएकाले थाहा नपाउने गरी असर पुर्याइरहेको हुन्छ । जसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ । हाई भोल्टेज तार, मोबाइल टावर, फ्रिज, भ्याकुम क्लिनर, मोबाइलफोन, कम्प्युटर, टिभी, हिटरजस्ता विद्युतीय यन्त्रहरूबाट चुम्बकीय प्रदूषण भइरहेको हुन्छ ।

मोबाइलले रेडियो फ्रिक्वेन्सी लिने र पठाउने वेला चुम्बकीय क्षेत्र बनाउँछ । सो चुम्बकीय क्षेत्रले मानिसलाई असर पु¥याउँछ । कमजोरी, टाउकोदुखाइ, थाइराइडको समस्या, आँखाको समस्या, डिप्रेसन, केस झर्ने, निद्रा नलाग्ने, मुटुरोग, मिर्गौलाको समस्या, उच्च रक्तचाप, मस्तिष्कको क्यान्सर आदिजस्ता गम्भीर रोग लाग्न सक्छ ।

अनुसन्धानका केही तथ्यहरू

स्विडेन विश्वविद्यालयको अनुसन्धान अनुसार मोबाइल फोनमा दुई मिनेट गरेको कुराकानीले मस्तिष्कको रक्त प्रणालीमा अवरोध पुर्याउँछ । जसले स्नायुतन्त्रलाई हानि गर्ने एल्युमिन प्रोटिन मस्तिष्कमा प्रवेश गर्छ । मोबाइलको प्रयोगले अल्जाइमर, पार्किन्सन्सजस्ता मस्तिष्कसम्बन्धी रोग पनि लाग्न सक्छ । अहिलेसम्म भएका १५ हजारभन्दा बढी अनुसन्धानले यस्तो खतराको पुष्टि गरिसकेका छन् ।

असरबाट बच्न के गर्ने ?

मोबाइल फोनलाई मुटु भएको ठाउँमा नराख्ने, पाइन्टको गोजीमा राख्ने । ल्यान्डलाइन फोनको प्रयोग बढी गर्ने ।
अत्यन्त जरुरी फोनबाहेक धेरै बेरसम्म कुरा नगर्ने । सकेसम्म मोबाइलमा कुरा गर्दा ह्यान्ड्स फ्री गरेर कुरा गर्ने । १५ वर्षभन्दा मुनिको उमेरका व्यक्तिले मोबाइलको प्रयोग सकभर नगर्ने ।

मोबाइलमा माइक्रो फ्रिक्वेन्सीको प्रदूषण सोस्न सक्ने चिप्स प्रयोग गर्ने । मोबाइललाई सुत्ने वेलामा खाटमा वा आफूसँगै नराख्ने । मोबाइलमा कुरा गर्दा ब्लुटुथ हेडसेटको प्रयोग कम गर्ने ।
गुडिरहेको मोटर, गाडीभित्र बसेर फोनमा कुरा नगर्ने । मोबाइलको सिग्नल कम आएको वेला फोनमा कुरा नगर्ने । gyanbigyan

यसमा तपाइको मत

अन्य समाचार